काठमाडौं । विश्वकै सबैभन्दा सानो जङ्गली बिरालो ‘रस्टी–स्पटेड क्याट’ अर्थात् खिया थोप्ले बिरालोको संरक्षणलाई स्थानीय समुदायको जीविकोपार्जनसँग जोड्ने उद्देश्यले बर्दियामा ‘एक घर, एक करेसाबारी’ कार्यक्रम सञ्चालन गरिएको छ । ठाकुरबाबा नगरपालिका–९, खुशालपुरमा आयोजित कार्यक्रममा १४ जना स्थानीय सहभागी भएका थिए । उनीहरूलाई प्राङ्गारिक तरकारी खेती, कम्पोस्ट मल निर्माण, माटो व्यवस्थापन तथा दिगो कृषि अभ्याससम्बन्धी एकदिने