काठमाडौं : आफूहरूले लिएको लघुवित्तको कर्जा खारेज गर्नुपर्ने मागसहित लघुवित्त पीडितहरूले काठमाडौं केन्द्रित आन्दोलन सुरु गरेका छन् । देशका विभिन्न जिल्लाबाट राजधानी आएका पीडितहरूले सरकारसँग आफ्ना माग तत्काल सम्बोधन गर्न आग्रह गरेका छन् ।लघुवित्तबाट लिएको कर्जा खारेज गर्नुपर्ने, चर्को ब्याज र जरिवाना मिनाहा गर्नुपर्ने तथा पीडित परिवारलाई राहत उपलब्ध गराउनु पर्ने माग राख्दै लघुवित्त पीडितहरू काठमाडौंमा आन्दोलनमा उत्रिएका छन् ।आन्दोलनकारीहरूले माइतीघर मण्डलालगायत क्षेत्रमा प्रदर्शन गर्दै सरकारक