जनकपुरधाम । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले वन, वातावरण, कृषि, जल, जङ्गल र जमिनको संरक्षणलाई उच्च प्राथमिकतामा राख्नुपर्नेमा जोड दिएकी छन् । धनुषाको धनुषाधाम नगरपालिकास्थित सबडिभिजन वन कार्यालयमा आयोजित छलफल तथा वृक्षारोपण कार्यक्रममा उनले वन र पर्यावरणको संरक्षणबिना मानव अस्तित्व नै सङ्कटमा पर्ने उल्लेख गर्दै प्राकृतिक स्रोतको संरक्षणमा सबै पक्ष जिम्मेवार हुनुपर्ने बताइन् ।