दाङ । तीनैतिर हरियाली वनले घेरिएको शान्त वातावरण । पश्चिमपट्टि कलकल बगिरहेको बबई नदी । नदीबाट केही मिटरको दूरीमै करिब ४५ फिट उचाइबाट झर्ने स्वच्छ पानीको धारा । प्रकृतिले आफ्नै हातले कोरेजस्तो यो दृश्य दाङको बबई गाउँपालिका–५ स्थित पुरन्धरा झरनाका हो । केही वर्षअघिसम्म वर्षायाममा पुग्नै कठिन मानिने यो झरना अहिले जिल्लाकै प्रमुख पर्यटकीय गन्तव्यका