सर्लाहीमा ३३० किलो गाँजासहित एक जना पक्राउ

  • आइबार​ १० साउन २०८३ ०८:५९ AM
सर्लाही : सर्लाही प्रहरीले ३३० किलोग्राम लागु औषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बलरा नगरपालिका–७ डुमरियाका २८ वर्षीय अमरजित राउत रहेका छन् । जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार शनिबार दिउँसो करिब १ः१५ बजे बलरा नगरपालिका–७ डुमरियास्थित भोला सिंहको कुखुरा फर्ममा पिकअप गाडीबाट गाँजा अनलोड भइरहेको भन्ने गोप्य सूचना प्राप्त भएपछि प्रहरी चौकी मधुवनीगाउँ र इलाका प्रहरी कार्यालय गडहियाबाट संयुक्त प्रहरी टोली परिचालन गरिएको थियो । प्रहरी निरीक्षक कैलाश चौधरीको कमान्डमा खटिएको टोलीले कुखुरा फर्ममा खानतलासी गर्दा १९ वटा पोकामा लुकाएर राखिएको ३३० किलोग्राम गाँजा बरामद गरेको प्रहरीले जनाएको ... The post सर्लाहीमा ३३० किलो गाँजासहित एक जना पक्राउ appeared first on Kalika Khabar.