दाङ– एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बीच प्रदेश सरकारमा सहकार्य गर्ने समझदारी भएपछि लुम्बिनी प्रदेश सरकारमा सहभागी काँग्रेस मन्त्रीहरुले राजीनामा दिएका छन् । नयाँ राजनीतिक समीकरण बनेसँगै सरकारमा सहभागी कांग्रेसका पाँच मन्त्रीले आइतबार मुख्यमन्त्री सामूहिक राजीनामा दिएका हुन् । आफूहरुले प्रदेश संसदीय दलका नेता डिल्लीबहादुर चौधरीमार्फत मुख्यमन्त्री राजीनामा बुझाएको सहरी विकास तथा खानेपानीमन्त्री सरोज