काठमाडौं । मकवानपुरको हेटौँडा उपमहानगरपालिका–११ थानाभर्याङस्थित यातायात व्यवस्था कार्यालय नजिक एक पुरुष मृत अवस्थामा फेला परेका छन् । प्रहरीकाअनुसार घटनास्थल वरपर रगत देखिएपछि अनुसन्धानलाई तीव्र बनाउन प्रहरी उपरीक्षक श्यामबहादुर खत्रीको नेतृत्वमा थप प्रहरी टोली परिचालन गरिएको छ । अनुसन्धानका क्रममा मृतक मकवानपुरको साविक चित्लाङ गाविस–६, हाल थाहा नगरपालिका–१० का ४१ वर्षीय आश्मान गोपाली रहेको खुलेको