नागढुङ्गा सुरुङमार्ग भोलि उद्घाटन हुँदै

  • आइबार​ १० साउन २०८३ ०७:४७ AM
काठमाडौं । नेपालको पहिलो आधुनिक यातायात सुरुङमार्ग नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग भोलि (सोमबार) औपचारिक रूपमा उद्घाटन गरिने भएको छ । लामो समयदेखि निर्माणाधीन रहेको यो राष्ट्रिय गौरवको पूर्वाधार आयोजना सम्पन्न भएसँगै काठमाडौं उपत्यकाको मुख्य प्रवेशद्वार नागढुङ्गामा वर्षौंदेखि हुँदै आएको सवारी जाम र यात्रुको सास्ती अन्त्य हुने अपेक्षा गरिएको छ । जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)को सहुलियतपूर्ण ऋण तथा नेपाल सरकारको संयुक्त लगानीमा निर्माण भएको यसको कुल लागत करिब १९ अर्ब रुपैयाँ रहेको छ । यो सुरुङमार्गको शिलान्यास तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७६ कात्तिक ४ गते गरेका थिए । सडक विभागका अनुसार सुरुङ २.६८ किलोमिटर ... The post नागढुङ्गा सुरुङमार्ग भोलि उद्घाटन हुँदै appeared first on Kalika Khabar.