काठमाडौँ : त्रिभुवन विश्वविद्यालयले एमबीएस प्रथम सत्रको परीक्षाको प्रश्नपत्र परीक्षाकै समयमा बाहिरिएको घटनाको छानबिन गर्न तीन सदस्यीय समिति गठन गरेको छ। व्यवस्थापन संकाय डिनको कार्यालयका अनुसार गत साउन ८ गते सञ्चालन भएको ‘MGT 515: Organizational Behavior’ विषयको परीक्षाको प्रश्नपत्र परीक्षा सुरु भएको केही मिनेटमै सामाजिक सञ्जाल र ह्वाट्सएपमार्फत सार्वजनिक भएको थियो। ‘एमबीएस फर्स्ट सेम सेक्सन सी’ नामक ह्वाट्सएप समूहमा परीक्षा सुरु भएको करिब पाँच मिनेटमै प्रश्नपत्र पठाइएको खुलेपछि फेसबुक पेज ‘टीयू स्टुडेन्ट्स’ ले स्क्रिनसटसहित त्रिविको ध्यानाकर्षण गराएको थियो। सार्वजनिक सामग्रीमा प्रश्नपत्र पठाइएको देखिनुका साथै त्यसपछि समाधानसमेत मागिएको सन्देश देखिएको थियो। घटनाको सत्यतथ्य ... The post त्रिवि एमबीएस परीक्षाको प्रश्नपत्र बाहिरिएको घटना छानबिन गर्न समिति गठन appeared first on Kalika Khabar.