रश्मीदेखि गणेश नेपालीसम्मः आत्मदाहको आगोले देखाएको समाजको ऐना

  • आइबार​ १० साउन २०८३ ०७:४४ AM
काठमाडौं । शुक्रबार बिहान कार्यालय जान घरबाट आफ्नै विद्युतीय कार चलाएर निस्किएकी ४५ वर्षीया रश्मी रिजाल शनिवार मृत फेला परिन् । तारकेश्वर नगरपालिका–९ को साङ्गलाखोला–पटापु क्षेत्रमा कारभित्र जलेको अवस्थामा उनी मृत फेला परेकी थिइन् । घटनापछि सामाजिक सञ्जालमा अनेक अनुमान र टिप्पणी भइरहेका छन् । तर प्रहरीले अनुसन्धान नसकिएकाले कुनै निष्कर्षमा पुग्न हतार नगर्न आग्रह