काठमाडौं। महालक्ष्मी विकास बैंक लिमिटेड भारतको प्रतिष्ठित इन्डियन चेम्बर अफ कमर्स (ICC), कोलकाता द्वारा प्रदान गरिने अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित भएको छ। बैंकले ‘राइजिङ स्टार–ग्रोथ (Rising Star–Growth)’ विधाअन्तर्गत सम्मान प्राप्त गरेको हो। नयाँ दिल्लीमा जुलाई २४, २०२६ मा आयोजित ‘चौथो इमर्जिङ एसिया बैंकिङ कनक्लेभ एन्ड अवार्ड्स’ कार्यक्रममा बैंकलाई उक्त सम्मान प्रदान गरिएको हो। कार्यक्रममा भारत, नेपाल, श्रीलंका, म्यानमार र बंगलादेशका बैंक तथा वित्तीय संस्थाहरूको उल्लेखनीय सहभागिता रहेको थियो। बैंकका अनुसार डिजिटल बैंकिङ सेवाको विस्तार, नवीन वित्तीय उत्पादनहरूको विकास, व्यवसाय विस्तार तथा वित्तीय पहुँच अभिवृद्धिमा पुर्याएको योगदानका आधारमा महालक्ष्मी विकास बैंकलाई यो अन्तर्राष्ट्रिय सम्मान ... The post अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित महालक्ष्मी विकास बैंक, ‘राइजिङ स्टार–ग्रोथ’ विधामा उत्कृष्टता appeared first on Kalika Khabar.