अमेरिकासँगको पुनः वार्ता प्रयासलाई लिएर इरानमा चुलियो विवाद

  • आइबार​ १० साउन २०८३ ०१:०१ PM
इरान : मध्यस्थहरूले इरान र अमेरिकाबीच कूटनीतिक वार्ता अघि बढाउने प्रयास गरिरहेका बेला, युद्ध र वार्ताको अवस्थालाई कसरी प्रस्तुत गर्ने भन्ने विषयमा इरान सरकार र सरकारी टेलिभिजन (आइआरआइबी) बीच सार्वजनिक मतभेद देखिएको छ । शुक्रबार सरकारी सूचना परिषद्ले राष्ट्रपति मसुद पेजेशकियनले यसै साता दिएको भाषणका केही महत्वपूर्ण अंश प्रसारण नगरेको भन्दै सरकारी प्रसारक आइआरआइबीमाथि ‘सेन्सरशिप’ गरेको आरोप लगायो ।सर्वोच्च नेताले नियुक्त गर्ने प्रमुखद्वारा सञ्चालित आइआरआइबीले शनिबार प्रतिक्रिया दि