बर्थ डे मनाएपछि आफ्नै साथीको हत्या, ४ जना पक्राउ

  • आइबार​ १० साउन २०८३ ०७:१५ AM
काठमाडौं । बागलुङको बडिगाड गाउँपालिका–१ का १७ वर्षीय लजिन थापाको हत्यामा संलग्न ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । गत साउन १ गते लजिन आफ्नो साथी असिम वनको जन्मदिन मनाउन दगातुन्डाँडा प्राथमिक विद्यालय गएका थिए । त्यहाँ लजिन सहित सात जना साथीहरूले राति करिब १०ः३० बजेदेखि बिहान ३ बजेसम्म मादक पदार्थ सेवन गरेको खुल्न आएको