शिक्षा नियमावलीविरुद्ध शिक्षकले गरे आन्दोलनको घोषणा

  • आइबार​ १० साउन २०८३ १२:०१ PM
दाङ :  शिक्षा नियमावलीको दशौँ संशोधनमा गरिएको शिक्षक सरुवासम्बन्धी व्यवस्थाप्रति तीव्र असन्तुष्टि जनाउँदै शिक्षकहरू आन्दोलन घोषणा गरेका छन् । 'सरुवा पीडित शिक्षक केन्द्रीय संघर्ष समिति' ले विज्ञप्ति जारी गर्दै उक्त संशोधनलाई गम्भीर त्रुटिपूर्ण भन्दै तत्काल खारेजीको माग गरेको छ।शिक्षक सेवा आयोगको खुला प्रतिस्पर्धाबाट छनोट भई सेवा प्रवेश गरेका करिब ४० हजार नयाँ पुस्ताका शिक्षकहरूले सरकारको पछिल्लो नीतिगत निर्णयले आफूहरूलाई निरास बनाएको संयोजन नेत्रलाल भट्टराईले बताए । शिक्षकको वास्तवि