भारत : निट प्रश्नपत्र लिक प्रकरणलाई लिएर देशभर विद्यार्थी आन्दोलन चर्किरहेका बेला भारतका केन्द्रीय शिक्षा मन्त्री धर्मेन्द्र प्रधानले राजीनामा दिएका छन् । आन्दोलन सुरु भएदेखि नै विद्यार्थीहरूले उनको राजीनामाको माग गर्दै आएका थिए । आफ्ना निर्णयमा अडिग रहने छवि बनाएका प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको सरकार यस विषयमा अन्ततः पछि हट्न बाध्य भएको देखिएको छ ।उच्च सरकारी स्रोतहरूलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमहरूले जनाएअनुसार सरकारको यो निर्णय योजनाबद्ध रणनीतिको हिस्सा हो । यसको मुख्य उद्