काठमाडौँ। नेपाली पर्वतारोही चतुर तामाङले युरोपको सबैभन्दा अग्लो हिमाल माउन्ट एल्ब्रस (५,६४२ मिटर) को २००औँ सफल आरोहण गर्दै नेपालको पर्वतारोहण इतिहासमा नयाँ अध्याय थपेका छन्। एउटै हिमाल २०० पटक सफलतापूर्वक आरोहण गर्ने यो उपलब्धिलाई विश्व पर्वतारोहण क्षेत्रकै दुर्लभ कीर्तिमानका रूपमा हेरिएको छ। रुसी समयअनुसार शनिवार (जुलाई २५) बिहान ६ः२० बजे तामाङ माउन्ट एल्ब्रसको चुचुरोमा पुगेका