काठमाडौँ । मदन पुरस्कार गुठीले ‘मदन पुरस्कार–२०८२’ का लागि उत्कृष्ट १० कृतिको सूची सार्वजनिक गरेको छ। यस वर्ष विभिन्न विधाका २९८ पुस्तक मूल्याङ्कनका लागि प्राप्त भएकामध्ये उत्कृष्ट १० कृतिलाई अन्तिम मनोनयनमा समावेश गरिएको गुठीले जनाएको छ। गुठीका अध्यक्ष कुन्द दीक्षितद्वारा जारी विज्ञप्तिअनुसार मनोनयनमा परेका कृतिहरूमा ‘अज्ञान’ (केशवराज ज्ञवाली), ‘इथा’ (केशव दाहाल), ‘उत्कर्ष’ (ललित विष्ट), ‘नेपालमण्डलसँग