रुवीभ्यालीमा तुइनकै भरमा दैनिक आवतजावत

  • आइबार​ १० साउन २०८३ ११:०१ AM
धादिङ : धादिङको रुवीभ्याली गाउँपालिका वडा नम्बर–५ र ६ का स्थानीयवासी पहिरोले सडक, पुल तथा पैदलमार्ग अवरुद्ध भएपछि तुइनको सहारामा ज्यान जोखिममा राखेर दैनिक आवतजावत गर्न बाध्य भएका छन्।लगातारको वर्षापछि आखु दोभान क्षेत्रमा आएको पहिरोले रुवीभ्याली–४, ५ र ६ जोड्ने मुख्य आवतजावत मार्ग पूर्णरूपमा अवरुद्ध भएको छ। सडक र पैदलमार्ग सञ्चालनमा नआएपछि स्थानीयहरूले आखुखोला तर्न तुइनको प्रयोग गर्नुपर्ने अवस्था सिर्जना भएको हो।यसबाट बालबालिका, महिला, ज्येष्ठ नागरिक, बिरामी तथा विद्यार्थी सबैभन्दा बढ