बागमती । हेटौँडा उपमहानगरपालिका–४ स्थित भुवनेश्वर पशुपति मन्दिरमा पिएम सेन्टर सङ्गीत विभागले हरेक शनिबार गर्दै आएको भक्ति सङ्गीत (भजनकीर्तन एवं सत्सङ्ग) कार्यक्रमको १६औँ संस्करण शनिबार सम्पन्न भएको छ । भक्ति सङ्गीतका माध्यमबाट समाजमा आध्यात्मिक जागरण अभिवृद्धिसँगै समाजिक सद्भावसमेत अभिवृद्धि गर्ने उद्देश्यका साथ हरेक शनिबार अपराह्न ख्यातिप्राप्त कलाकारका साथमा भक्ति सङ्गीत कार्यक्रम सञ्चालन गर्दै आएको सङ्गीत