एजेन्सी । मध्य सीरियाको दमास्कस–देइर अल–जोर राजमार्गमा शनिवार दुई वटा यात्रुवाहक बस एक आपसमा ठोक्किँदा मृत्यु हुनेको संख्या ३५ पुगेको छ । सीरियाली सरकारी समाचार एजेन्सी (साना) ले स्वास्थ्य अधिकारीहरूलाई उद्धृत गर्दै उक्त जानकारी दिएको हो । सीरियाको प्रेषण, एम्बुलेन्स तथा आपतकालीन निर्देशनालयका निर्देशक नजिब अल–नासानकाअनुसार यस भीषण दुर्घटनामा अन्य ३० जना घाइते भएका छन्