कोशी सरकारको नयाँ अंकगणित : हिक्मत दोहोरिने कि तिलकुमार उदाउने ?

  • आइबार​ १० साउन २०८३ ०९:०१ AM
विराटनगर : केन्द्रमा नेकपा (एमाले) र नेपाली कम्युनिष्ट पार्टी (नेकपा)बीच भएको नयाँ सत्ता सहकार्यको सहमतिले कोशी प्रदेशको राजनीतिलाई फेरि एकपटक तरंगित बनाएको छ। सहमतिअनुसार कोशी प्रदेश सरकारको नेतृत्व एमालेले नै गर्ने निश्चित भएपछि अब सबैको नजर एउटै प्रश्नमा केन्द्रित भएको छ– मुख्यमन्त्रीमा हिक्मतकुमार कार्कीले निरन्तरता पाउने कि एमालेभित्रबाटै नयाँ अनुहारले नेतृत्व सम्हाल्ने ? पूर्वप्रधानमन्त्रीहरु एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’