फ्रान्स र स्पेनमा भीषण डढेलो, २ लाख ५० हजारभन्दा बढी मानिस विस्थापित

  • आइबार​ १० साउन २०८३ ०२:५८ AM
फ्रान्स र स्पेनमा फैलिएको भीषण डढेलोका कारण दुई देशमा २ लाख ५० हजारभन्दा बढी मानिस घर छाड्न बाध्य भएका छन्। तीव्र हावा र अत्यधिक तापक्रमका कारण डढेलो नियन्त्रणमा लिन कठिनाइ भइरहेको अधिकारीहरूले बताएका छन्। फ्रान्सको दक्षिणपश्चिम क्षेत्रमा फैलिएको डढेलो बोरदो शहरतर्फ बढिरहेको छ। डढेलो शहरतर्फ बढेसँगै बोरदोको पश्चिममा रहेका सात वटा शहरका बासिन्दालाई रातारात सुरक्षित