झापा : झापाको हल्दिवारी गाउँपालिकाकी एक महिलाको जापानीज इन्सेफ्लाइटिसका कारण मृत्यु भएपछि स्थानीय स्वास्थ्य निकायले सतर्कता अपनाउन आग्रह गरेको छ। हल्दिवारी गाउँपालिका–२ कदमचोक निवासी प्रमिला राजवंशीको उपचारका क्रममा शनिबार प्रादेशिक अस्पताल भद्रपुरमा मृत्यु भएको हो।