हरि घिमिरे कपिलवस्तु, साउन ९ । हरिशयनी एकादशीको अवसरमा कपिलवस्तुको ४ नम्बर जीतपुरमा आयोजित ‘युवा भजन साँझ–२०८३’ भव्य रूपमा सम्पन्न भएको छ । कपिलवस्तु युवा भजन समूहको आयोजनामा, हिमवत प्रतिष्ठान नेपालको सहयोग तथा श्रृङ्गीघाट सामुदायिक वन उपभोक्ता समूहको संरक्षकत्वमा सम्पन्न कार्यक्रममा हजारौँ भक्तजनको सहभागिता रहेको आयोजकले जनाएको छ । कार्यक्रमको शुभारम्भ बटुक ब्राह्मणद्वारा स्वस्तिवाचन, दीप