अनशनरत डा. गोविन्द केसी र सरकारी टोलीबीच आज वार्ता हुँदै

  • आइबार​ १० साउन २०८३ ०१:३६ AM
धनगढीमा अनशनरत प्रा.डा. गोविन्द केसीसँग सरकारका प्रतिनिधिले आज आइतबार औपचारिक संवाद गर्ने भएका छन्। शनिबार शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चुणामणि पौडेलले डा. केसीसँग सहमतिका लागि अनौपचारिक संवाद भएको बताए। शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलसँगको समन्वयमा वार्ता तथा संवादमार्फत समाधान खोज्ने उद्देश्यले पौडेल शनिबार दिउँसो धनगढी पुगेका थिए। सचिव पौडेलले शनिबार साँझ डा. केसीसँग भेटवाट