काठमाडौँ । बाजुराको गौमुल गाउँपालिका-४ का वडाध्यक्ष अमर बहादुर विकको जीवन कथा केवल एउटा जनप्रतिनिधिको औपचारिक परिचयमा मात्र सीमित छैन। यो कथा हो, सुदूरपश्चिमको दुर्गम पहाडी बस्तीमा हुर्किएको, जातीय विभेद र सामाजिक सीमान्तीकरणको पीडा प्रत्यक्ष भोगेको र त्यसै अन्यायविरुद्ध राजनीतिलाई औजार बनाएर स्थापित भएको एक जुझारु नेतृत्वको । करिब १५–१६ वर्ष विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी सङ्घ संस्था (एनजिओ-आइएनजीओ) मा काम गरेर सामाजिक क्षेत्रको गहिरो अनुभव हासिल गरेका अमरलाई सुरुमा राजनीतिमा आउने खासै इच्छा थिएन । तर समाजको बनोट, कानुन निर्माणका तह र राज्यका स्रोत–साधन बाँडफाँड हुने ठाउँमा दलित तथा सीमान्तकृत वर्ग र समुदायको उपस्थिति शून्य प्रायः देखेपछि उनको सोचमा परिवर्तन आयो । ‘हामीले सधैँ अरूलाई भोट दिने र अरूलाई नै नेता बनाउने