काँकरभिट्टा–लौकही सडक विस्तारले समात्यो गति, दसैँअघि थप १५ किलोमिटरमा कालोपत्र हुने

  • आइबार​ १० साउन २०८३ १२:३० AM
झापा : पूर्वपश्चिम राजमार्गअन्तर्गत काँकरभिट्टा–लौकही सडक विस्तार तथा स्तरोन्नति आयोजनाले पछिल्लो समय उल्लेखनीय गति लिएको छ । एसियाली विकास बैंक (एडिबी)को ४६ अर्ब रुपैयाँ ऋण सहयोगमा निर्माण भइरहेको आयोजनाअन्तर्गत पूर्वी खण्डमा धमाधम कालोपत्रको काम अघि बढाइएको