‘गुन भुल्यौ’ गीतबाट गायिका सारिका घिमिरे ‘छिन्नलता गीत युवा प्रतिभा पुरस्कार’बाट सम्मानित

  • शनिबार ९ साउन २०८३ १०:३८ PM
काठमाडौँ । ‘गुन भुल्यौ’ गीतबाट गायिका सारिका घिमिरे यस वर्षको ‘छिन्नलता गीत युवा प्रतिभा पुरस्कार’बाट सम्मानित भएकी छन् । वरिष्ठ गीतकार रमोलादेवी शाह ‘छिन्नलता’को सम्मानमा स्थापित छिन्नलता गीत पुरस्कार गुठीद्वारा आयोजित ४४औँ छिन्नलता गीत पुरस्कार समर्पण समारोहमा शनिवार सभामुख डीपी अर्यालले घिमिरेलाई पुरस्कार प्रदान गरेका हुन् । पुरस्कार प्राप्त गरेपछि समता प्रेससँग प्रतिक्रिया दिँदै घिमिरेले यसलाई आफ्नो जीवनको थप एक खुसीको क्षणका रूपमा लिएको बताइन् । आफूलाई पुरस्कारका लागि योग्य ठहर गर्दै सम्मान प्रदान गरेकोमा उनले छिन्नलता गीत पुरस्कार गुठीप्रति आभार व्यक्त गरिन् । घिमिरेले आफूलाई गायिकाका रूपमा स्थापित गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गरेको ‘गुन भुल्यौ’ गीतलाई दर्शक तथा श्रोताले दिएको माया र साथप्रति विशेष आभार व्यक्त गरेकी छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेकी छन्, ‘यस क्षण सम्झिन चाहन्छु यहाँहरू सबैलाई ‘गुन भुल्यौ’लाई अत्यधिक मायाका लागि । यहाँहरूको अपार साथ, सहयोग, माया र सद्भावलाई नमन गर्न चाहन्छु ।’ सोही समारोहमा २०८२ का लागि गीततर्फ डा