चन्द्रनगरको साढे ९ करोड बजेट फ्रिज

  • शनिबार ९ साउन २०८३ ११:०० PM
मलङ्गवा : सर्लाहीको चन्द्रनगर गाउँपालिकाको गत आर्थिक वर्ष २०८२/८३ मा ९ करोड ४० लाख रुपैयाँ बजेट फ्रिज भएको गाउँपालिका अध्यक्ष राजकुमार महतोले बताएका छन्।शनिबार गाउँपालिका अध्यक्ष महतोले चन्द्रनगर–२ स्थित आधारभूत अस्पताल गौचरणमा पत्रकार सम्मेलनको आयोजना गर्दै फ्रिज भएको रकम पाउनुपर्ने माग सरकारसँग गरेका छन्। गाउँगौरवका ठूला आयोजनाको बजेट फेरि पठाइदिन सङ्घीय सरकारसँग पनि माग गरेका छन्। गाउँपालिका अध्यक्ष महतोले पत्रकार सम्मेलनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जयकिशोर साह र इन्जिनियर रा