सुदूरपश्चिम – शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चुणामणि पौडेलले अनसनरत डा. गोविन्द केसीसँग सहमतिका लागि संवाद सुरु भएको बताएका छन् । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलसँगको समन्वयमा वार्ता तथा संवादमार्फत समाधान खोज्ने उद्देश्यले उनी शनिबार धनगढी पुगेका हुन् । सचिव पौडेलले शनिबारै डा. केसीसँग उनी उपचाररत सेती प्रादेशिक अस्पतालमा पुगेर भेटघाट गरेका छन् । त्यस