अनलाइन ठगीमा संलग्न भारतीय नागरिकसहित २ जना पक्राउ

  • शनिबार ९ साउन २०८३ ०३:५८ PM
गण्डकी – जिल्ला प्रहरी कार्यालय कास्कीले अनलाइन ठगीमा संलग्न रहेको आरोपमा १ भारतीय नागरिकसहित २ जनालाई पक्राउ गरेको छ । अनलाइन माध्यमबाट विदेश भ्रमण र रोजगारीको प्रलोभन देखाएर सर्वसाधारणबाट रकम असुल्ने सप्तरीको कञ्चनपुर नगरपालिका–१२ का २६ वर्षीय विवेक रेग्मी र भारतको कर्नाटक राज्यका ३० वर्षीय मोहम्मद याशिरलाई नियन्त्रणमा लिइएको हो । पोखरा महानगरपालिका–५, प्रस्याङस्थित भाडाको