धनगढी : शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव चूडामणि पौडेलले सेती प्रादेशिक अस्पतालको आईसीयूमा अनसनरत वरिष्ठ चिकित्सक डा. गोविन्द केसीलाई भेटेका छन्। भेटका क्रममा डा. केसीले अघि सारेका मागबारे छलफल भएको र ती मागका विषयमा भोलि विस्तृतमा सम्बन्धित निकायसँग आवश्यक छलफल गरिने बताइएको छ। डा. केसीले शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयसँग सम्बन्धित तीन बुँदे माग अघि सार्दै अनसन जारी राखेका छन्। उनको पहिलो माग विश्वविद्यालयमा आवश्यक दरबन्दी व्यवस्थासहित ३०० शय्याको शिक्षण अस्पताल