रिसोर्टमा करेन्ट लागेर मृत्यु भएका युवकको परिवारलाई २० लाख क्षतिपूर्ति

  • शनिबार ९ साउन २०८३ ०९:०० PM
काभ्रे : धुलिखेलमा रहेको हिमालयन दृश्य रिसोर्टमा शुक्रबार करेन्ट लागेर मृत्यु भएका युवकको परिवारलाई २० लाख रुपैयाँ क्षतिपूर्ति दिइने भएको छ।  साथीहरूसँग धुलिखेल घुम्न आएका २९ वर्षीय डेनिस प्रधानको शुक्रबार करेन्ट लागेर मृत्यु भएको थियो। जिल्ला प्रहरी कार्यालयका डीएसपी रविन बिष्टका अनुसार २० घण्टाको वार्तापछि पीडित परिवार र होटल सञ्चालकबीच सहमति भएको हो।सहमति अनुसार मृतकका परिवारलाई २० लाख क्षतिपूर्ति प्रदान गरिने तथा उनका सन्तानको कक्षा १२ सम्मको सम्पूर्ण शैक्षिक खर्च होटल सञ्चालक पक्ष