रसुवा : रसुवागढी नाकाबाट भित्रिएको नयाँ इभी गाडी नदीमा खसेर बेपत्ता भएको छ। जिल्ला प्रहरी कार्यालय रसुवाका अनुसार आज साँझ ५:४० बजे गोसाइँकुण्ड गाउँपालिका-५ स्याफ्रुबेसी बजार कटेर पुल तरेपछि गाडी त्रिशूली नदीमा खसेको हो। गाडी नम्बर र चालकको नाम नखुलेको प्रहरीले जनाएको छ। बेपत्ता गाडी र चालकको खोजीका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोली खटिएको छ।