काठमाडौं : तारकेश्वर नगरपालिका-९ शुभकामना चोकमा कारभित्र जलेको अवस्थामा महिलाको शव फेला परेको छ। नक्सालस्थित सानिमा क्यापिटलमा मर्चेन्ट हेडका रूपमा कार्यरत ४५ वर्षीया रश्मी रिजालको शव फेला परेको हो।जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार तारकेश्वर नगरपालिका-१ कालेबासे चुनीदेवी बालुवा प्रशोधन केन्द्रमा बिएई ०४१० ईभी कारभित्र पछाडिको सिटमा जलेको अवस्थामा उनको शव फेला परेको हो। उनी शुक्रबार बिहान ७ बजेदेखि हराइएकी थिइन्।