काठमाडौं : देशभर नै मनसुनी वायूको प्रभाव रहने छ। जल तथा मौसम विज्ञान विभागका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानमा आसपास नै रहने छ भने साताको अन्त्यमा नेपालको पश्चिमी भू-भागमा सरदर स्थान भन्दा उत्तरतिर सर्ने छ।हिमाली भू-भाग अन्तर्गत कोशी, बागमती र गण्डकी प्रदेशमा साताको सुरु र अन्त्यमा एक-दुई स्थानमा र मध्यमा थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ। लुम्बिनी र कर्णाली प्रदेशमा साताको मध्यमा एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ। साथै सुदूरपश्चिम प्रदेशमा साताको मध्य र अ