रसायनिक मल होइन, जैविक मलको प्रयोग गरौँ : मन्त्री चौधरी

  • शनिबार ९ साउन २०८३ १२:४४ PM
जनकपुरधाम – कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले माटोको उर्वराशक्ति बढाउन प्राङ्गारिक मलको प्रयोग गर्नुपर्ने बताएकी छन् । धनुषाको लक्ष्मीनियाँ गाउँपालिकास्थित महिला साना किसान कृषि सहकारी संस्था लिमिटेडका किसानसँगको अन्तरक्रियामा मन्त्री चौधरीले बढ्दो रसायनिक मलको प्रयोगका कारण बर्सेनि माटोको उर्वरा शक्ति ह्रास भइरहेकाले मानव स्वास्थ्य र माटोको बिग्रेको उर्वरा शक्तिमा सुधार ल्याउन प्राङ्गारिक र जैविक