काठमाण्डु – प्रदेश सरकारहरू फेरबदल भइरहेको सन्दर्भमा नयाँ सत्ता समीकरण बनाउन नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ निर्णायक वार्तामा जुटेका छन् । शनिबार पौने १२ बजेदेखि ललितपुरको खुमलटारस्थित नेकपा नेता वर्षमान पुनको निवासमा चलिरहेको वार्तामा गठबन्धन गर्नेबारे समझदारीपत्रमा हस्ताक्षर गर्ने तयारी रहेको उच्च स्रोतले जनाएको छ