घुस रकम ७ लाख ५० हजारसहित सिँचाइ डिभिजन प्रमुख र अधिकृत पक्राउ

  • शनिबार ९ साउन २०८३ ११:०२ AM
जनकपुरधाम – अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले घुसबापत लिएको रकमसहित भूमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय कर्मैया सर्लाहीका प्रमुख र मेकानिकल अधिकृतलाई पक्राउ गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासबाट खटिएको टोलीले घुसको रकमसहित कार्यालय प्रमुख अनुपमा ढकाल र मेकानिकल अधिकृत तुलाकान्त चौधरीलाई पक्राउ गरेको हो । आयोग बर्दिबासका सूचना अधिकारी प्रकाश पोखरेलका