तीन सन्तान जन्माउनेलाई गाउँपालिकाबाट मासिक भत्ता

  • शनिबार ९ साउन २०८३ ०४:०१ PM
स्याङ्जा : कालीगण्डकी गाउँपालिकाले एक जोडीबाट तीन सन्तान जन्माउनेलाई प्रोत्साहन स्वरुप नगद उपलब्ध गराएको छ । जनसंख्या बृद्धिदर बढाउने उद्देश्यले गाउँपालिकाले सञ्चालन गरेको कार्यक्रम अन्तर्गत यस वर्ष १७ परिवारलाई जनही ४÷४ हजार नगद प्रोत्साहन स्वरुप सो रकम उपलब्ध गराएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले कार्यविधिअनुसार तेस्रो सन्तान जन्माउने परिवारलाई दुई वर्षसम्म मासिक ४ हजार रुपैयाँका दरले प्रोत्साहन रकम उपलब्ध गराउने जनाएकोे छ । कार्यक्रममार्फत परिवारमा सन्तानप्रतिको सकारात्मक सो