भारतका केन्द्रीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानले शनिबार आफ्नो पदबाट राजीनामा दिएका छन् । उनले प्रधानमन्त्री नरेन्द्र मोदीलाई राजीनामा बुझाएको जानकारी दिँदै परीक्षा अनियमितताका विषयमा भइरहेको आन्दोलनबाट सिर्जित अवस्थालाई ‘राष्ट्रविरोधी शक्तिहरूले’ दुरुपयोग गर्न नपाओस् भन्ने उद्देश्यले आफूले यो निर्णय गरेको बताएका छन् । सामाजिक सञ्जाल एक्समा सार्वजनिक गरिएको राजीनामा पत्रमा प्रधानले लेखेका छन्,‘जन्तर मन्तर र देशका अन्य