अरुणमा बगेको न्याय

  • शनिबार ९ साउन २०८३ ०३:०१ PM
समय आफ्नै लयमा बग्छ। दिनैपिच्छे सूर्य उदाउँछ र अस्ताउँछ। तर, इतिहासका पानाहरूमा कोरिएका केही सत्यहरू भने कहिल्यै अस्ताउँदैनन्। आज हामी इतिहासको त्यही गर्विलो र गह्रौं क्षणमा उभिएका छौं। महामना योगमायाको ८५औं स्मृति दिवस चलिरहेछ। यो दिन केवल भित्तेपात्रोको एउटा मितिमात्र होइन। यो त नेपाली माटोमा रोपिएको सत्य, न्याय र विद्रोहको सबैभन्दा पवित्र बीज हो। अरुण नदीको सुसेलीमा आज पनि उहाँको विद्रोहको त्यो सुमधुर तर विद्रोही धुन सुन्न सकिन्छ।एक शताब्दी लामो राणाशासनको त्यो अँध्यारो युग थियो। जहाँ जनताका