काठमाडौं : भीमसेन थापाको जन्म जयन्तीका अवसरमा राष्ट्रिय विभूति भीमसेन थापा स्मृति प्रतिष्ठान र बगाले थापा क्षेत्री राष्ट्रिय फाउण्डेशन, नेपालले शनिबार काठमाडौंको धरहरा परिसरमा श्रद्धाञ्जली सभाको आयोजना गरिएको हो । सो क्रममा प्रधानसेनापति अशोकराज सिग्देलले थापाको तस्बिरमा माल्यार्पणसहित पुष्पगुच्छा अर्पण गरी सम्मान प्रकट गरे ।समारोहमा सहभागीहरुले भीमसेन थापाका योगदानहरुको स्मरण गरेका थिए । नेपाल एकीकरणको प्रमुख अध्याय समाप्त भएको करिव छ वर्षपछि विसं १८३२ साउन ९ गते बगाले थापाकुलका पिता साना