काठमाडौं । ‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका साथ १३ वर्ष अघिदेखि सुरु भएको वाग्मती सफाइ महाअभियान ६८९औँ हप्तामा प्रवेश गरेको छ । महाअभियानको ६८९औँ हप्तामा आज सिनामङ्गल क्षेत्रको वाग्मती नदी किनारमा सफाइ गरिएको छ । सो क्षेत्रको नदी किनारबाट नकुहिने फोहर लगभग तीन मेट्रिक टन सङ्कलन गरिएको अभियानकर्मी किशोरसिंह शाहीले राससलाई जानकारी