मौन सम्बन्ध

  • शनिबार ९ साउन २०८३ ०२:०१ PM
पूर्व क्षितिजबाट सबेरै घाम उदाउँछ। घामका झुल्का हतारिँदै उसकै ओछ्यानमा आएर विश्राम लिए झैं टल्किबस्छन्। यो सहरमा छिरेदेखि कहिल्यै घाम नपस्ने कोठामा बसेकी अभियताले पहेँला झुल्का काखमा राखेर चिया पिउन थालेको जम्माजम्मी चार वर्षमात्रै भयो। राम्रै भाडा तिर्छु भन्दा पनि गतिलो कोठा नपाइने काठमाडौंका गल्लीहरूमा एउटा घर खरिद गरेपछि नै हो, उसले घामसँग खेल्न पाएको। भलै बैंकको किस्ता तिर्ने महिना पोखिन नसकेका आँसुहरू घामको झुल्कासँगै टिलपिलाउँछन्।राजधानीको व्यस्त बजारमा घर किनिएको छ। एउटा सानो गाडी त छँदै