हरेक व्यक्तिका जीवनमा विगतका धेरै यादगर पल हुन्छन्। उद्धव सापकोटाले पनि आफ्ना विगत उजागर गरेर संस्मरणमा जीवनयात्रा पाठकसामु ल्याएका छन्। यो उनको जीवनीपरक निबन्ध संग्रह हो। यसैले होला यो भावनात्मक छ र सामाजिक विविधता उधिनेर लेखिएको छ। भोगाइका विभिन्न उल्लेख्य पल बाहिर्याइएको छ। यो झट्ट हेर्दा संस्मरण जस्तो पनि लाग्छ। सापकोटाको आत्मकथा पनि हो यो। उनले यसमा आफ्नो बाल्यकालदेखिको पारिवारिक अवस्था, आफू हुर्के, पढेको समाज, त्यहाँका प्रचलित मूल्यमान्यतालगायत भोगाइका यावत् शृंखला पाठकमाझ पस्केका छन्