सिन्धुपाल्चोक : सिन्धुपाल्चोकको दुई निजी अस्पताल र एक स्वास्थ क्लिनिक शिल गरिएको छ । सुनकोशी गाउँपालिकास्थित सिन्धु सदाबहार अस्पताल, बाह्रबिसे नगरपालिकास्थित किस्टोन हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालि र बलेफी गाँउपालिकास्थित पराजुली हेल्थ केयर प्रालि शिल गरिएको हो । जनस्वास्थ्य सेवा ऐन, २०७५ को दफा ५२ र ५३ तथा बागमती प्रदेश स्वास्थ्य सेवा ऐन, २०७५ (दोस्रो संशोधन, २०८१) को दफा ६६ र ६७ को खण्ड (ख) बमोजिम कानुनी कारबाहीका लागि खटिएको संयुक्त टोलीले उक्त अस्पताल तथा हेल्थ केयर प्रालि शिलबन्दी गर