काठमाण्डु– आपराधिक पृष्ठभूमिका काँग्रेस विराटनगरका नेता अभिषेक गिरीसँग निकट सम्बन्ध तथा विभिन्न आपराधिक गतिविधिमा संलग्न रहेको आशंकामा मोरङ प्रहरीले विराटनगर महानगरपालिका–७ का ४६ वर्षीय मुकेश कार्कीलाई पक्राउ गरेको छ । गिरीविरुद्ध जारी अनुसन्धानका क्रममा उनको सम्पर्कमा रहेका व्यक्ति र सहयोगी सञ्जालमाथि प्रहरीले निगरानी बढाएको थियो । त्यस क्रममा प्रहरीको राडारमा कार्की परेका हुन् । वडा