काठमाडौं । नेपाल आयुर्वेद चिकित्सक सङ्घले गैरकानुनी रूपमा उत्पादन र बिक्री भइरहेका आयुर्वेद औषधि तथा भ्रामक विज्ञापनबारे प्रमाण उपलब्ध गराउन सर्वसाधारणसँग आग्रह गरेको छ । संघले गृह मन्त्रालय र नेपाल प्रहरीसँगको सहकार्यमा अवैध आयुर्वेदिक गतिविधिमाथि अनुसन्धान भइरहेको जनाएको छ । तर, अझै पनि दर्ता नभएका औषधि, जडीबुटी र पोषण सामग्रीको नाममा अनलाइन तथा बजारमा गलत