काठमाडौँ : मकवानपुरको फापरबारी बेतिनीको सडकमा अटो दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । बागमती गाउँपालिका-६ साईटारमा अटो दुर्घटना हुँदा बागमती गाउँपालिका-७ लामिटारका ३६ वर्षिय चालक दीपक वाइबाको मृत्यु भएको हो ।अटोमा चालक मात्र थिए । बेतिनीवाट फापरबारीतर्फ आउँदै गरेको ना २ ह २१२३ नम्बररको अटो ओरालोमा अनियन्त्रित भई सडकबाट तल खस्दा चालकको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय फापरबारीका प्रहरी निरिक्षक सुनिल थापाले बताए । The post अटो दुर्घटना हुँदा चालकको मृत्यु appeared first on Kalika Khabar.